सुनसरीमा बन्दुक देखाएर ५ लाख बढी लुटियो

सुनसरीमा बन्दुक देखाएर ५ लाख बढी लुटियो

काठमाडौं : सुनसरीमा बन्दुक देखाएर अज्ञात समूहले पाँच लाखभन्दा बढी रूपैयाँ लुटपाट भएको छ।

बुधबार दिउँसो २ बजेतिर हरिनगरा गाउँपालिका र इनरूवा नगरपालिकाको सीमामा पर्ने नहर क्षेत्रमा बन्दुक पड्काएर लुटपाट भएको विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए।

उनका अनुसार हरिनगरा गाउँपालिका–२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रूपैयाँ नगद लुटिएको हो।

लुटिएका अन्सारीले जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घर जाँदै थिए। एकान्त क्षेत्रमा एकाएक बन्दुक पड्किएपछि आवाज सुनेपछि अन्सारीले मोटरसाइकल रोकेका थिए।

सोही क्रममा उनलाई लुटिएका थिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान सुरू गरेको छ।

चैत २१, २०८० बुधबार २१:३१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।