इन्दिरा आईभीएफलाई आफ्नो पहिलो तीन केसहरूमा सफलता

इन्दिरा आईभीएफलाई आफ्नो पहिलो तीन केसहरूमा सफलता

काठमाडौं : इन्दिरा आईभीएफले तीन दम्पतीहरूको गर्भावस्थाको पुष्टि गर्दै आफ्नो पहिलो तीन इन भिट्रो फर्टिलाइजेसन केसहरूको सफलताको घोषणा गरेको छ।

आईभीएफका अनुभवी टोलीको समर्पणको मर्म बोकेका यी कथाहरू विशेष अनि प्रेरणादायी रहेको बताइएको छ। प

हिलो केसमा एक २६ वर्षीया महिला पहिलेदेखि नै रहेको मुटुको समस्या, अन्य स्वास्थ्य समस्याहरू र अघिल्लो गर्भपातको कारण रहेको तीन वर्षदेखिको बाँझोपनको पीडाको सामना गर्दागर्दै पनि सान्त्वना र मार्गदर्शनको खोजीमा इन्दिरा आईभीएफमा आइपुगेकी थिइन्।

प्रारम्भिक जाँचमा उनीसँग सामान्य भन्दा कम अण्डाहरू रहेको संकेत स्वरूप एन्टि-मुलेरियन हर्मोन (एएमएच) को स्तर कम देखिएको आईभीएफले जनाएको छ।

दोस्रो केसमा भने एक ४२ वर्षीया महिलाले रजोनिवृत्ति र एएमएच अति कम स्तरमा पुग्दा सात वर्षदेखि जटिल बाँझोपनसँग संघर्ष गर्दै गएकी थिइन्। आईयुआईको चार चक्र र आईभीएफको एक चक्रको असफल प्रयासपछि उनी सहयोग खोज्दै क्लिनिकमा पुगेकी थिइन्।

विगतका निराशाहरूको बाबजुद उनको मातृत्वको यात्राले इन्दिरा आईभीएफमा पुगेर एक आशाजनक मोड लिएको थियो।

त्यस्तै, तेस्रो केस ४४ वर्षीया रजोनिवृत्तिमा प्रवेश गरेकी महिलाको थियो जसमा डिम्बाशय सामान्यभन्दा सानो हुने बाइल्याटरल एट्रोफिक ओभरीको समस्या रहेको थियो। केहि असफल आईयूआई प्रयासहरू समावेश रहेको उनको मेडिकल हिस्ट्री अनुसार उनको श्रीमानमा पनि शुक्राणु संख्या कम हुने एजुस्पर्मियाको समस्या थियो।

यसले पनि उनीहरूको प्रजनन समस्यामा थप जटिलता थपेको थियो। उमेर र अति कम एएमएच स्तरका कारण उनको प्राकृतिक प्रजनन क्षमतामा ह्रास आएको थियो। यी चुनौतीहरूका बाबजुद क्लिनिकबाट प्राप्त सहायताले उनीहरूको आशा पनि जीवित रहन पुगेको थियो।

वरिष्ठ प्रजनन विशेषज्ञ र इन्दिरा आईभीएफकि केन्द्र प्रमुख डा. नेहा होमागाईको नेतृत्वमा रहेको टोलीले यी दम्पतीहरूले लामो समयदेखि भोगिरहेको भावनात्मक र शारीरिक कष्टलाई विचार गरेर ती दम्पतीका लागि उनीहरूको विशिष्ट चिकित्सा पृष्ठभूमि अनुरूप नै पर्सनालाइज्ड आईभीएफ योजनाहरू प्रदान गरेका थिए।

'यी सफल केसहरू टिमवर्कका परिणाम हुन्। हामी यी सफल दम्पतीहरूको खुसीमा साथै छौं र उनीहरूको अभिभावकत्वको सपना पूरा गर्न समर्पित हाम्रो अनुभवी टोलीप्रति मलाई गर्व छ', डा. होमागाईले बताइन्।

२७ सय भन्दा बढी व्यक्तिहरूको समर्पित टोलीको साथ भारतमा १३० भन्दा बढी केन्द्रहरू सञ्चालन गर्दै आएको इन्दिरा आईभीएफले भारतमा प्रत्येक वर्ष ४० हजार भन्दा ज्यादा प्रभावशाली आईभीएफ प्रक्रियाहरू सञ्चालन गरेको जनाइएको छ।

चैत २१, २०८० बुधबार १८:५५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।