विश्वका अर्बपतिको सूचीमा विनोद चौधरीको स्थान बद्लिएन, कति छ कुल सम्पत्ति?

विश्वका अर्बपतिको सूचीमा विनोद चौधरीको स्थान बद्लिएन, कति छ कुल सम्पत्ति?

काठमाडौं : अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले विश्वका धनाढ्य व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ। 

सन् २०२४ को मार्च ८ का दिन सेयर मूल्य र विनिमय दरका आधारमा फोर्ब्सले तयार पारेको विश्वका धनाढ्यको सूचीअनुसार पहिलो नम्बरमा फ्रान्सेली फेसन कम्पनीका मालिक बर्नार्ड अर्नाल्ट रहेका छन्। उनको सम्पत्ति २३३ अर्ब अमेरिकी डलर छ।

दोस्रो नम्बरमा अमेरिकी उद्यमी एलन मस्क छन्, उनको सम्पत्ति १९५ अर्ब अमेरिकी डलर छ। तेस्रो अमेरिकाकै जेफ बेजसोको सम्पत्ति १९४ अर्ब अमेरिकी डलर छ।

चौथोमा रहेका फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति १७७ अर्ब रहेको फोर्ब्सले जनाएको छ। 
 
यसैबीच, नेपालका अर्बपति विनोद चौधरी सूचीमा विनोद चौधरीको स्थान याथास्थितिमा रहेको छ। फोर्ब्सले जारी गरेको अर्बपतिहरूको सूचीमा चौधरी एक हजार ७६४ औँ स्थानमा रहेका छन्। 

चौधरीको सम्पत्ति पछिल्लो दुई वर्षमा स्थिर देखिएको छ। 

सन् २०२३ र २०२४ मा चौधरीको सम्पत्ति १.८ अर्ब अमेरिकी डलर रहेको छ। सन् २०२२ मा १.५ अर्ब सम्पत्ति अमेरिकी डलर रहेकोमा त्यसअघि सन् २०२० र २०२१ मा १.४ अर्ब रहेको थियो।

चैत २१, २०८० बुधबार १७:३४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।