आयरल्यान्ड उल्भ्सविरुद्ध २१ रन बनाउन नेपालले गुमायो ६ विकेट
काठमाडौं : १५८ रनको लक्ष्य पछ्याइरहेको नेपाल ‘ए’ले आयरल्यान्ड उल्भ्सविरुद्धको ब्याटिङमा २१ रन बनाउन छ विकेट गुमाएको छ।
३५ रन बनाउँदा पहिलो विकेट गुमाएको नेपालले ५६ बलमा छैटौं विकेट गुमाएको हो।
छैटौं ओभरको पहिलो बलमा देव खनाललाई गुमाएको नेपालले सोही ओभरको अन्तिम बलमा अर्जुन कुमाललाई गुमाएको थियो।
सातौं ओभरको पहिलो बलमा भीम सार्की आउट हुँदा अन्तिम बलमा आरिफ शेख आउ भए।
आठौं ओभरको चौथो ओभरमा अर्जुन साउद आउट हुँदा दशौं ओभरको तेस्रो बलमा कप्तान विनोद भण्डरी पेभेलियन फर्किए।
तेह्रौं ओभरको पहिलो बलमा सातौं ओभरको रूपमा कमलसिंह ऐरी एलबीडब्लु आउट भए। सातौं विकेट भने ७८ रनमा गुम्यो।
आउट भएकाहरूमध्ये देव खनालले २६ रन बनाउनु बाहेक अन्य खेलाडी दोहोरो अंकमा रन जोड्न सकेका छैनन्।
अहिले क्रिजमा बसीर अहमद र रिजन ढकाल छन्।
चैत २१, २०८० बुधबार १४:०४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।