ताइवान भूकम्प अपडेट : चार जनाको मृत्यु,  २६ वटा भवनमा क्षति

ताइवान भूकम्प अपडेट : चार जनाको मृत्यु,  २६ वटा भवनमा क्षति

काठमाडौं : ताइवानमा ७ दशमलव २ म्याग्निच्यूडको भूकम्प जाँदा चार जनाको मृत्यु भएको छ।

भूकम्पमा परेर दर्जनौं घाइते भएका छन्। यहाँ २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका समुद्री क्षेत्रमा सुनामी आउने चेतावनी दिइएको छ।

ताइवानको सरकारले भूकम्पको केन्द्रविन्दु रहेको थोरै जनसंख्या भएको पूर्वी काउन्टी हुआलियनमा चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बताएको छ।

अहिलेसम्म २६ वटा भवन भत्किएका छन् भने हुआलियनमा २० जना मानिस खण्डहरमा फसेका छन्। अहिले त्यहाँ उद्धार कार्य जारी छ।

हुआलियनमा बिहान ८ बजे भूकम्प जाँदा मानिसहरू काममा जाने र विद्यार्थीहरु स्कूल जाने दौडधुपमा थिए।

ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको गहिराइ १५.५ किलोमिटर (९.६ माइल) रहेको मापन गरिएको छ।

२१ चैत, २०८०, १२:०१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।