इस्तानबुलको नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

इस्तानबुलको नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

एजेन्सी : टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ।

इस्तानबुलको आवासीय क्षेत्रमा १६ तले भवनको बेसमेन्टमा नाइट क्लब रहेको थियो।

टर्की समाचार एजेन्सी एन्देलोका अनुसार मंगलबार भएको आगलागीमा २९ जनाको मृत्यु भएको र अझ धेरै मानिसहरू गम्भीर घाइते छन्।

दुर्घटना हुँदा यो नाइटक्लब बन्द रहेको र मर्मत कार्य चलिरहेकाले मृत्यु हुनेमा सबै मजदुरहरू रहेको आशंका गरिएको छ।

आगो बेसमेन्टको माथिल्लो तलामा पुग्दा त्यहाँ बस्ने केही मानिसहरुको पनि मृत्यु भएको बताइएको छ।

त्यहाँका गभर्नर दावुत गुलले दुर्घटनालाई षड्यन्त्रको रुपमा आफूले लिएको बताएका छन्। उनले प्रहरीलाई सत्यतथ्य पत्ता लगाउन पनि भनेका छन्।

घटनाबारे अनुसन्धानका लागि नाइट क्लबका सञ्चालकसहित ५ जनालाई पक्राउ पनि गरिएको छ।

२१ चैत, २०८०, १०:११:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।