आयरल्याण्ड उल्भ्सविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा टस हार्यो

आयरल्याण्ड उल्भ्सविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा टस हार्यो

काठमाडौं : आयरल्यान्ड उल्भ्सविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ले टस हारेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आयरल्यान्ड उल्भ्सका कप्तान निल रकले टस जितेर पहिलो ब्याटिङ रोजेका छन्।

योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ।

नेपालका लागि कप्तान विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, साहब आलम, बसिर अहमद, रिजन ढकाल, कमल सिंह ऐरी र मौसम ढकाल खेल्दैछन्।

यसअघि भएको टी२० सिरिज आयरल्यान्ड उल्भ्सले २–१ ले जितेको थियो। अब एकदिवसीय सिरिजको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ।

चैत २१, २०८० बुधबार ०९:२२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।