संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं : संघीय संसद्अन्तर्गत दुवैको सदनको बैठक आज बस्दैछ।

प्रतिनिधिसभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटका बजेका लागि बोलाइएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ।

त्यस्तै, राष्ट्रिय सभामा आज अध्यक्षले राष्ट्रिय सभाको उपाध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने सम्भावित कार्यसुची रहेको छ भने आजको बैठकमा अध्यक्षले विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको मनोनयन र हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ।

चैत २१, २०८० बुधबार ०८:३५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।