राष्ट्रिय क्रिकेट टोलीले भारतमा तेस्रो खेल खेल्दै

राष्ट्रिय क्रिकेट टोलीले भारतमा तेस्रो खेल खेल्दै

काठमाडौं : एसीसी प्रिमियर कपको तयारीका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज तेस्रो अभ्यास खेल खेल्दैछ।

भारतको गुजरातस्थित भापीमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज गुजरात क्रिकेट एसोशियसनसँग खेल्न लागेको हो।

खेल नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटदेखि शुरू हुनेछ। यसअघि हिजो भएको बरोडाविरुद्धको खेलमा नेपाल विजयी भएको थियो।

त्यसअघि भएको पहिलो खेलमा नेपालले गुजरात एशोसियसनलाई पराजित गरेको थियो।

तीन टोली सम्मिलित सिरिज डबल राउन्ड रोबिनका आधारमा हुनेछ। सबै खेलपछि शीर्ष स्थानका दुई टोलीले चैत २५ गते फाइनल खेल्नेछन्।

नेपाली टोली भारतबाटै एसीसी प्रिमियर कपका लागि ओमान जानेछ।

चैत २१, २०८० बुधबार ०७:५९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।