नेपाल ए र आयरल्यान्ड उल्भ्सबीच तीन खेलको एकदिवसीय सिरिज आजबाट

नेपाल ए र आयरल्यान्ड उल्भ्सबीच तीन खेलको एकदिवसीय सिरिज आजबाट
तस्बिर- नेपाल क्रिकेट संघको फेसबुकबाट।

काठमाडौं : नेपाल ए र आयरल्यान्ड उल्भ्सबीचको तीन खेलको एकदिवसीय सिरिज आजबाट शरू हुँदैछ।

टीयू क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे शुरू हुनेछ। यसअघि सम्पन्न टी२० सिरिजमा २-१ को हार बेहोरेको घरेलु टोली जितसहित एकदिवसीय सिरिज सुरुवात गर्ने लक्ष्यमा छ।

यसअघि टी२० सिरिज खेलका कप्तान विनोद भण्डारी, देव खनाल, आरिफ शेख, बसिर अहमद र कमलसिंह ऐरीले मात्र एकदिवसीय सिरिज खेल्नेछन्।

त्यसबाहेक अर्जुन कुमाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, शाहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल नेपाल एको एक दिवसीय टिममा सामेल छन्।

मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कलाम अलीले आयरल्यान्ड उल्भ्सविरुद्धको एक दिवसीयमा युवा खेलाडीलाई मौका दिन सक्छन्। दुई टोलीबीचको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइबार आयोजना हुनेछ।

चैत २१, २०८० बुधबार ०७:४४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।