माओवादीका पुर्वलडाकु खामलाई आजै चितवन पठाइँदै
काठमाडौं : माओवादीका पूर्वलडाकु कालीबहादुर खामलाई चितवन पठाइँदैछ।
व्यापारी हत्या आरोपमा मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ परेका खामलाई चितवन पठाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए।
खाममाथि व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न रहेको आरोप छ।
२०६५ वैशाख २८ मा नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो।
पक्राउ परेका खाममाथि २०६७ असार २५ मा यार्सा बिक्री गर्ने बहानामा मित्रनगरस्थित मोरङ नवमित्र गेस्टहाउसको कोठा नम्बर ३०१ मा चिनियाँ नागरिक मा मायर लीलाई बोलाएर २१ लाख २० हजार लुटपाट भएको घटनामा पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
एसएसपी खत्रीका अनुसार खामलाई जिल्ला अदालत चितवनमा उपस्थित गराउन त्यहाँ पठाउन लागिएको हो।
चैत २०, २०८० मंगलबार २०:४४:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।