त्रिकोणात्मक टी-२० श्रृंखलामा नेपाललाई दोस्रो जीत, बरोडा २७ रनले पराजित

त्रिकोणात्मक टी-२० श्रृंखलामा नेपाललाई दोस्रो जीत, बरोडा २७ रनले पराजित

काठमाडौं : भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ।

नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्न सफल भएको हो।

नेपालले दिएको १५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुँदै एक सय २९ रन मात्र बनाउन सक्यो।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९/९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए।

त्यस्तै, कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए। बरोडाका बलर बाबा खानले २ विकेट तथा परीक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए।

यसअघि नेपालले गुजरात क्रिकेट एसोसियसनलाई पराजित गरेको थियो।

चैत २०, २०८० मंगलबार १९:११:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।