थुप्रै उपहारहरूसहित राकुटेन भाइबरले ल्यायो एक्सप्लोर नेपाल नयाँ वर्ष अभियान

थुप्रै उपहारहरूसहित राकुटेन भाइबरले ल्यायो एक्सप्लोर नेपाल नयाँ वर्ष अभियान

काठमाडौँ : नेपाली नयाँ वर्ष २०८१ को अवसरमा राकुटेन भाइबरले एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेनको चौथो सिजन सुरू गर्ने भएको छ।

आकर्षक गन्तव्य, आश्चर्यजनक परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदाहरूलाई चिनाउन उक्त सिजन पुनः सुरू गर्ने भएको हो।

भाइबरले ट्राभल भ्लगर घुमन्तेलाई एक्स्प्लोर नेपाल च्यानललाई रोमाञ्चक अभियानको रूपमा अघि लैजान आमन्त्रित गरेको छ।

गत चैत ७ गतेदेखि घुमन्तेले आफ्ना सब्सक्राइबरहरूलाई ६ हप्ताको भर्चुअल अभियानमा नेपालका विविध भूभागहरूमा रमाइला पोष्टहरूसहित यात्रासम्बन्धी ह्याकहरू साझेदारी गर्दै घुमाउन लैजाने भाइबरले जनाएको छ।

च्यानलले प्रत्येक हप्ता आयोजना गरिने क्विजमा तीन जना विजेताका लागि बस सेवा मार्फत् प्रत्येक हप्ता पोखराका लागि दुइवटा प्रिमियम राउन्डट्रिप बस टिकटहरू रहेको छ।

त्यस्तै, एकजना विजेताका लागि सस्तो टिकटबाट प्रत्येक हप्ता पोखराका लागि दुइवटा राउन्डट्रिप डोमेस्टिक फ्लाइट टिकट रहेको छ भने सस्तो टिकटले एक विजेतालाई अविस्मरणीय माउन्टेन फ्लाइट दुई जनालाई अनुभव पनि गराउने भाइबरले जनाएको हो।

कम्पनीका अनुसार बम्पर पुरस्कार अन्तर्गत प्रत्येक दुई विजेताले रानीबन रिट्रिट, पोखरामा ४ जनाको ग्रुपको लागि दुई रातको लक्जरी स्टे प्राप्त गर्नेछन्।

गत वर्षको सहकार्यले धेरै युजरहरूलाई रमाइलो भएको भन्दै फेरि पनि यस अभियानमा जोडिँदा आफू खुसी भएको घुमन्तेको भनाइ छ।

'नयाँ वर्ष अभियानले नेपालको प्राकृतिक सौन्दर्यलाई हाइलाइट गरी स्थानीय पर्यटन प्रवर्द्धन गर्ने भाइबरको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। हामी यात्रुहरूलाई देशका प्राकृतिक सम्पदाहरूमा डुब्न आमन्त्रित गर्दछौँ' राकुटेन भाइबरमा एपाकका डाईरेकटर डेविड चेले भने, 'हामीले यस अभियानमार्फत् हाम्रा कम्युनिटीका सदस्यहरूबीच सार्थक सम्बन्ध बढ्ने र साहसिक भावनाका साथ २०८१ लाई स्वागत गर्ने आशा गरेका छौँ।'

चैत २०, २०८० मंगलबार १८:४२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।