ग्लोबल आइएमई बैंकको अलोइसँग ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

ग्लोबल आइएमई बैंकको अलोइसँग ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

यस समझदारीपछि बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्ने जनाएको छ।

समझदारीले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

यस् बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन्।

चैत २०, २०८० मंगलबार १८:२५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।