झिनो अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्बमा सीमित

काठमाडौं : सेयर बजार परिसूचक नेप्से झिनो अंकले घटेको छ। मंगलबार १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा झरेको छ।
३१२ धितोपत्रको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर दुई अर्ब २९ करोड १६ लाख ४६ हजार ५८५ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
अघिल्लो दिन ६ अंकले नेप्से घटेको बजारमा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता सेयर कारोबार भएको थियो।
आज १३ वटा उप-समूहमध्ये फाइनान्स, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक बढेकोका छन् भने बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, म्यानु एण्ड प्रो, नन् लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन्।
आज १०९ कम्पनीको सेयर मूल्य बढ्दा १२७ कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
ज्योति विकास बैंक बोन्ड २०८७ को सेयर मूल्य सर्वाधिक ७.५० प्रतिशतले घटेको छ।
चैत २०, २०८० मंगलबार १५:४९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।