के हुँदैछ भनेर उत्सुकता बढाउन सफल ‘द रेड सुटकेस’को ट्रेलर

के हुँदैछ भनेर उत्सुकता बढाउन सफल ‘द रेड सुटकेस’को ट्रेलर

काठमाडौँ : सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ अनि प्रवीण खतिवडा अभिनीत फिल्म ‘द रेड सुटकेस’ ले टिजरहुँदै ट्रेलरसम्म पुग्दा दर्शहरूमा कौतुहलता बढाउन सफल देखिन्छ। टिजरमा प्रवीण खतिवडालाई स्थान दिएको निर्माताहरुले ट्रेलरमा सबै मुख्य पात्रहरूलाई स्थान दिएको छ।

गाडी चालक सौगात, होटेल सञ्चालक पूर्व सैनिक विपिन अनि सायद श्रीमान् कुरीरहेकी सृष्टिको क्यारेक्टर देखिएको ट्रेलरमा रातो रङ्गको सुटकेससहित विदेशमा फर्किएका प्रवीण खतिवडाको चरित्रले फिल्मलाई सस्पेन्स जनाराको छल्को दिएको छ।

सौगात, विपिन, प्रवीण हरेक साता रिलिज हुने फिल्महरूमा देखिँदै आएका पात्रहरू हुन्। तर ट्रेलरबाटै यो फिल्मका निर्देशकले उनीहरूलाई भिन्न चरित्रमा अभिनय गराएका छन् भन्ने अनुभव गराउन सकेको छ।

ट्रेलरमा प्रयोग गरिएको ब्याकग्राउन्ड म्युजिकसँगै रेडियोमा कल गरेर आफ्नो भनाई राख्ने सिक्वेन्सले यो फिल्म के बारे होला भन्ने कौतुहलता बढाउन सफल देखिन्छ। टिजरहुँदै ट्रेलरसम्म आइपुग्दा फिल्म बाध्यताले वैदेशिक रोजगारीमा गएका व्यक्तिको कथामा केन्द्रित रहेको देखिन्छ। तर कथा यही हो भन्ने आँकलन गर्न गार्है बनाएको छ।

विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलहरुमा पुरस्कृत भएको फिल्म द रेड सुटकेस चैत ३० बाट नेपालका हलहरूमा लाग्दैछ।

चैत २०, २०८० मंगलबार १५:४७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।