नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा बालाजुको खाजाघर सञ्चालक पक्राउ, एक जनाको उद्धार

काठमाडौं : नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक युवकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ स्थित ‘लाफा’ खाजा घरका सञ्चालक उदयपुरगढी गाउँपालिका-६ घर भई काठमाडौं बालाजु बस्ने २३ वर्षीय नविन कुमार मगर रहेका छन्।
उक्त खाजाघरमा बालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले नविन कुमारलाई पक्राउ गरेको हो।
साथै उक्त खाजाघरबाट एक जना बालिकाको समेत प्रहरीले उद्धार गरेको छ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
चैत २०, २०८० मंगलबार १३:२४:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।