‘चीनसँगका १४ वटा नाका कहिले खुल्छन् मन्त्रीज्यू?’

‘चीनसँगका १४ वटा नाका कहिले खुल्छन् मन्त्रीज्यू?’
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले दार्चुला लगायत देशका १४ वटा नाकाहरू सञ्चालन गर्ने खुल्नेबारे स्पष्ट जवाफ माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्रीले पछिल्लो चीन भ्रमणको क्रममा पनि नाका सम्बन्धी सम्झौता भएको भए  पनि आजसम्म पनि खुल्न नसकेको भन्दै यसबारे मन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताए।

उनले भने, ‘कोरोनापछि बन्द भएको दार्चुलालगायत चीनसँग सीमा जोडिएका १४ वटा नाकाहरू छिटै खुल्ने सम्झौता भएको सुनेँ। यस्तो सम्झौता प्रधानमन्त्रीको पछिल्लो भ्रमणमा पनि भएको थियो। तर, अहिलेसम्म पनि त्यो नाकाहरु सञ्चालनमा आउन सकेको छैन। यो कुन मितिसम्म सञ्चालनमा आउँछ यसको जवाफ मन्त्रीले संसदमा दिनुपर्छ।’

नौ दिने चीन भ्रमण सकेर स्वदेश फर्कने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले छिट्टै नाका खुल्ने अभिव्यक्ति दिएका थिए।

चैत २०, २०८० मंगलबार १३:१८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।