समाजवादी मोर्चाको काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम  गर्दै, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने

समाजवादी मोर्चाको काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम  गर्दै, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं : समाजवादी मोर्चाले आज काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ।

सत्तारुढ दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित मोर्चाले काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो।

काठमाडौंको राष्ट्रियसभा गृहमा मंगलबार मध्यान्ह १२ बजे ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रम हुनेछ।

सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसहित चार वटै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएयता समाजवादी मोर्चालाई सत्ता रक्षा गर्ने कवजका रूपमा निरन्तर सक्रिय बनाउँदै आएका छन्।

चैत २०, २०८० मंगलबार ०८:००:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।