आईपीएल : घरेलु मैदानमा मुम्बई पराजित, तीनै खेल हारेर तालिकाको पुच्छारमा
काठमाडौं : जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार बेहोरेको छ।
सोमबार राति घरेलु मैदान वाङ्खडे क्रिकेट स्टेडियममा भएको खेलमा मुम्बईले सिजनको तेस्रो हार बेहोरेको हो।
राजस्थान रोयल्ससँग छ विकेटको पराजय बेहोरेको मुम्बई टस हारेर सुरुमा ब्याटिङमा तानियो।
निर्धारित २० ओभरमा मुम्बईले नौ विकेट गुमाएर १२५ रन मात्र जोड्न सक्यो। मुम्बईका रोहित शर्मासहित तीन खेलाडी पहिलो बलमै आउट भए।
कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक ३४ रन बनाउँदा तिलक बर्मा ३२, टिभ डेभिड १७ र इसान किसानले १६ रन बनाए।
बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
राजस्थानमा युजवेन्द्र चहल र ट्रेन बाेल्टले समान तीन-तीन विकेट लिँदा नान्द्रे बर्गरले दुई र आवेश खानले एक विकेट हात पारे।
१२६ रनको लक्ष्य राजस्थानले १५ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
राजस्थानको जितमा रियान परागले ५४ रनको अर्धशतकीय इनिङ खेले।रविचन्द्रन आश्विनले १६ रन बनाए। जोस बटलरले १३ तथा कप्तान सन्जु सामसनले १२ रन बनाए।
मुम्बईका लागि आकाश मठवालले तीन तथा कउइना मफाकाले एक विकेट लिए।
लगातार तेस्रो जितका साथ राजस्थान शीर्ष स्थानमा उक्लिँदा तेस्रो हार व्यहोरेको मुम्बई अंक तालिकाको पुच्छारमा कायमै छ।
चैत २०, २०८० मंगलबार ०७:४३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।