१५ हजार घूससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध मुद्दा

१५ हजार घूससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध मुद्दा

काठमाडौं : राजधानीको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा घूससहित पक्राउ गरिएका लेखापाल प्रमोद निरौलाविरुद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको कसुरमा कारबाही मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

लेखापाल निरौलालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घूस लिएको अवस्थामा अख्तियारको टोलीले गत फागुन २९ गते नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएपछि उनको कार्यकक्षबाट स्रोत नखुलेको ७१ हजार ६ सय २० रुपैयाँ पनि बरामद गरिएको अख्तियारले जनाएको थियो।

धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घूस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगालबाट खटिई गएको टोलीले लेखापाल निरौलालाई नियन्त्रणमा लिएको थियो।

चैत १९, २०८० सोमबार २१:११:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।