साइमेक्स इंकले पायो वीवाईडी एशिया प्यासिफिम २०२४ डिलर कन्फ्रेन्समा प्रतिष्ठित सम्मान
काठमाडाैँ : साइमेक्स इंक चीनको सियानमा आयोजित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको छ।
साइमेक्सले एशिया प्यासिफिक मेजर कन्ट्रिब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रिब्युसन अवार्ड गरी दुई महत्वपूर्ण पुरस्कार हात पार्न सफल भएको हो।
अन्तर्राष्ट्रिय मञ्चहरुमा प्राप्त उल्लेखनीय उपलब्धिबाहेक साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको छ।
नेपालमा बीवाईडी डिलरहरूको बीचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि सो इभेन्टले एउटा प्लेटफर्मको कार्य गरेको कम्पनीले जारी विज्ञप्तिमा उल्लेख छ। सो अवसरमा साइमेक्सको सन् २०२४ को योजनामार्फत् यसको नेटवर्क विस्तारलाई प्रस्तुत गरिएको छ।
हाल विभिन्न १५ स्थानमा बीवाईडी शोरुम सफलतापूर्वक स्थापना गरिएका छन् भने थप ३ शोरुम स्थापित हुने क्रममा रहेका छन्।
साइमेक्स इंकले हाल विभिन्न स्थानमा २३ डीसी फास्ट चार्जर स्थापना गरेको र थप विस्तारको क्रममा रहेको जनाएको छ।
'हामी बीवाईडीबाट सम्मानित भएका छौ र यी प्रतिष्ठित पुरस्कार ग्रहण गरेका छौँ,' साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, 'यो पहिचान हाम्रो टिमको कडा परिश्रम र समर्पणका साथै मूल्यवान ग्राहक र साझेदारहरुको अटुट समर्थनको प्रमाण हो।'
चैत १९, २०८० सोमबार १९:३५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।