बालाजु अटो वर्कसको म्यानेजर्स मीटमा उत्कृष्ट प्रदर्शनकर्तालाई सम्मान

बालाजु अटो वर्कसको म्यानेजर्स मीटमा उत्कृष्ट प्रदर्शनकर्तालाई सम्मान

काठमाडौं : बालाजु अटो वर्कसले सर्भिस एण्ड पार्ट्स म्यानेजर्स मीट २०२४ सम्पन्न गरेको छ।

गत शनिबार वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा र एम एन्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धर लगायतको उपस्थितिमा धुलिखेलस्थित उक्त मीट सम्पन्न गरिएको हो।

कार्यक्रममा महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने डिलरहरूलाई विभिन्न उपाधिले सम्मानित गरिएको थियो। जसमा बेस्ट फोटो अफ द केयर फेस्ट अग्नि आस्था इटहरी, बेस्ट कस्टमर इन्गेजमेन्ट ओम बाराही अटो वर्कस, हाइएस्त एम-ट्र्याक इनरोलमेन्ट अग्नि आस्था इटहरी, हाई पफर्मर अग्नि आस्था भैरहवा, हाई याचिबर ठाकुर अटो केयर सेन्टर प्रालिले जितेका थिए।

त्यस्तै, कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने ओम बाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिव २०२४ बिनिता केसी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४ सशी पजियर र एमके इंकॉर्पोरेटेड प्रालिबाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४ राजेश लाघेलाई उनीहरूको योगदानका लागि सम्मानित गरिएको थियो।

कार्यक्रममा बालाजु अटो वर्कसका प्रबन्ध निर्देशकले संस्थाको विकासमा सबैको योगदानको प्रशंसा गर्दै यस कार्यक्रम मार्फत साझेदारीलाई सुदृढ पार्ने र उत्कृष्टता हासिल गर्ने प्रतिबद्धता जनाए।

चैत १९, २०८० सोमबार १९:२५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।