विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाको बहुमतले पारित

विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाको बहुमतले पारित

काठमाडौं : प्रतिनिधिसभाको बैठकबाट विद्युतीय व्यापार विधेयक २०८० पारित भएको छ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर सापकोटाले ‘विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए।

उक्त प्रस्तावमाथिको छलफलपछि विधेयक बहुमतले स्वीकृत भएको घोषणा सभामुख देवराज घिमिरेले गरेका हुन्।

उनले भने, ‘विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा हुन्छ भन्नेको संख्या बढी भएकाले विधेयक बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।’

चैत १९, २०८० सोमबार १८:४०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।