न्यारोबडीमा बदमासी नभएको प्रमाण पेस गर्न निगमलाई संसदीय समितिको १५ दिने समय

न्यारोबडीमा बदमासी नभएको प्रमाण पेस गर्न निगमलाई संसदीय समितिको १५ दिने समय

काठमाडौँ : अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले १५ दिनभित्र न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ।

प्रतिनिधि सभा अन्तर्गतको समितिको सोमबारको बैठकले निगमलाई न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न निर्देशन दिएको हो।

समिति सभापति राजकिशोर यादवले समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने समेत बताए। न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाबारे कागजपत्र पेस गर्न समितिले निर्देशन दिएको हो।

परिस्थितिजन्य कारणले भ्रष्टाचार भयो भन्ने समितिलाई विश्वास दिलाउन नसके समितिले थप कारबाहीको लागि बाध्य हुने समितिले चेतावनी दिएको छ।

उनले १५ दिनभित्र न्यारोबडी खरिद प्रक्रियामा कुनै बदमासी छैन भन्ने लजिक जायज देखिए समिति त्यही अनुरूप जाने र नभए उप समिति गठन गरेर थप छानबिन गर्ने बताए।

चैत १९, २०८० सोमबार १७:४३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।