नेपालले आयरल्यान्डलाई दियो २१४ रनको विजयी लक्ष्य
काठमाडौं : आयरल्यान्ड वुल्भ्सविरूद्धको तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ ले २१४ रनको लक्ष्य दिएको छ।
सिरिजको तेस्रो खेलमा सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१३ रन जोडेको हो।
नेपालले पछिल्लो पाँच ओभरमा ८४ रन जोडेको थियो।
नेपालबाट आक्रामक रूपमा प्रस्तुत भएका आरिफले अविजित ९३ रन बनाए। उनले ४८ बलमा सात चौका र ६ छक्का प्रहार गरे।
आरिफले नटआउट ९३ रन जोडे। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे।
कमलसिंह ऐरीले ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै नटआउट १९ रन जोडे।
रशिद खानले १३ बल खेलेर ३ छक्का प्रहार गर्दै २४ रन जोडेका थिए।
त्यसअघि ओपनरद्वय लोकेश बम ८ रन र देव खनाल ६ रन जोडेर आउट भए। कप्तान विनोद भण्डारीले ११ रन जोड्दा बसिर अहमदले १९ रन बनाए।
पवन सर्राफ १३ रन र नारायण जोशी १ रनमा आउट भए।
आयरल्यान्डका फियोन ह्यान्डले दुई विकेट लिए। गाभिन होइ, म्याथ्यु फोस्टर, ग्यारेथ डेलानी र लियन म्याकार्थीले एक/एक विकेट लिए।
यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको वुल्भ्सले शृंखलाको उपाधि जितिसकेको छ।
चैत १९, २०८० सोमबार १५:०५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।