नेपाल ‘ए’ले टस हार्यो, टोलीमा एक परिवर्तन
काठमाडौं : आयरल्यान्ड उल्भ्सविरुद्ध जारी टी२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ले टस हारेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्ड उल्भ्सका कप्तान निल रकले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्। योसँगै नेपाल ब्याटिङमा तानिएको छ।
पछिल्लो खेलबाट किरण ठगुन्नाको स्थानमा नारायण जोशी टोलीमा आएका छन्। आयरल्यान्डले भने टोलीमा ४ परिवर्तन गरेको छ।
आयरल्यान्ड वल्भ्सले सिरिज २-० ले जितिसकेको छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो।
शनिबार दोस्रो खेलमा ४० रनको जित दर्ता गर्दै वल्भ्सले सिरिज आफ्नो पक्षमा पारिसकेको छ। आज नेपाली टोली सिरिज ह्वाइटवास बचाउने लक्ष्यमा हुनेछ।
चैत १९, २०८० सोमबार १२:४४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।