प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युुतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने एउटा मात्रै कार्यसूची छ।

त्यसअघि सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन्।

संसद अन्तर्गगतका दुई समितिका बैठक पनि आजै छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बिहान ११ बजे बस्ने तय भएको छ। बैठकमा शिक्षा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भावी कार्ययोजनाबारे छलफल हुनेछ।

चैत १९, २०८० सोमबार ०८:२४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।