नेपालले गुजरातलाई आठ विकेटले हरायो

नेपालले गुजरातलाई आठ विकेटले हरायो

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले गुजरातलाई सहजै पराजित गरेको छ। ९९ रनको लक्ष्य पाएको नेपालले ८ विकेटले गुजरातलाई पराजित गरेर एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टी-२० शृङ्खला जितबाट सुरुवात गरेको छ।

नेपालले १५.२ ओभरमै सहजै गुजरातले दिएको लक्ष्य भेटेको हो। नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहँदै २६ बलमा सर्वाधिक ३३ रन बनाएका थिए। अनिल शाह ३२ रनमा नटआउट रहे। ओपनर द्वय कुशल भुर्तेल र आशिफ शेखले १७ र १६ रन बनाएका थिए।

गुजरातका तेजस पटेल र हेमङ पटेलले समान १-१ विकेट लिएका थिए। वापीमा भएको प्रतियोगितामा टस जिते पनि नेपालले बलिङ रोजेको थियो। पहिले ब्याटिङ पाएको गुजरात १८.२ ओभरमा सबै विकेट गुमाएर ९८ रनमा खुम्चिएको थियो।

गुजरातका लागि ओपनर रुद्र पटेलले २२ बलमा सर्वाधिक २३ रन जोडेका थिए। हेमंग पटेलले २०, अभिषेक देसाइले ११ र स्मित पटेलले १० रन जोडेका थिए।

नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चिँदै सर्वाधिक ४ विकेट लिएका थिए। करण केसीले  ३ विकेट लिए। सोमपाल कामीले १ विकेट लिएका थिए।

एसिसि प्रिमियम कप तथा विश्वकपको तयारीका लागि नेपाल यो त्रिकोणात्मक शृङ्खलामा सहभागी भएको। प्रतियोगितामा नेपाल, गुजरात  र बरोडा रहेका छन्।

चैत १८, २०८० आइतबार १७:५७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।