गुजरातले नेपाललाई जितका लागि दियो ९९ रनको लक्ष्य
काठमाडौँ : भारतको स्टेट टोली गुजरातले नेपाललाई जितका लागि ९९ रनको सामान्य लक्ष्य दिएको छ। त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) को पहिलो खेलमा गुजरात ९८ रनमा अलआउट भएको हो।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाएर ९८ रनमा अल आउट भएको थियो। गुजरातका ओपनर रुद्र मयुर पटेलले २३ रनमा आउट भएका थिए। गुजरातले बनाएको सर्वाधिक रन नै यही हो।
आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११, हेमांग पटेल २० र ऋषि पटेल १ र सराल प्रजापति १७ रनमा आउट भएका थिए।
नेपालका गुलशन झा एक्लैले ४ विकेट लिएका थिए। अर्का बलर करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए। सोमपाल कामीले १ विकेट लिएका थिए।
चैत १८, २०८० आइतबार १७:४६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।