तनहुँ र दागंमा १७ र ६१ वर्षीया महिलाको बलात्कारको आरोपमा दुई आरोपी पक्राउ

तनहुँ र दागंमा १७ र ६१ वर्षीया महिलाको बलात्कारको आरोपमा दुई आरोपी पक्राउ

काठमाडौँ : १७ र ६१ वर्षीयाको बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीले तनहुँमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका-१० डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-१ जितबेसी घर भएका ३० वर्षीय रघु बिकलाई पक्राउ गरेको हो।

बिकले किशोरीलाई ब्यास नगरपालिका-४ स्थित होटेलमा लगेर सोमबार जबरजस्ती करणी गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले पक्राउ गरेको हो।

यसैगरि दाङमा ६१ वर्षीया महिलाको जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१६ बस्ने ५२ वर्षीय गोपाल बिक पक्राउ परेका छन्।

उनी बिहीबार दिउँसो पक्राउ परेका हुन्। बिकले ती महिलालाई मङ्गलवार जबरजस्ती करणी गरी फरार भएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले पक्राउ गरेको हो।

चैत १८, २०८० आइतबार १७:३५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।