आफ्नो बिहेमा नआएपछि प्रियंकासँग बोल्नै छोडिन् परिणीति

आफ्नो बिहेमा नआएपछि प्रियंकासँग बोल्नै छोडिन् परिणीति

एजेन्सी : बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला भारतमा छिन्। अमेरिकाबाट भारत आउनासाथ उनी होली पार्टीमा उपस्थितिदेखि अयोध्यामा रामको दर्शक गर्ने कामसम्म पुरा गरिसकेकी छन्।

हालैमात्र उनी आफन्त मन्नारा चोपडाको जन्मदिन पार्टीमा पुगेकी थिइन्। प्रियंकाले मन्नाराको परिवारसँग भेटिरहँदा उनले त्यहाँ परिणीति चोपडालाई भने भेटिनन्।

परिणीतिलाई नै प्रियंकाले नभेटेपछि उनीहरुबीच सम्बन्ध बिग्रिएको चर्चा शुरु भयो। उनीहरु निकटवर्तीका अनुसार प्रियंका र परिणीति एकअर्कासँग टाढिदै गएका छन्।

परिणीति र प्रियंका एकै शहरमा भए पनि उनीहरुले एकापसमा भेटघाट गरेका छैनन्। उनीहरूबीच बोलचाल समेत हुन छोडेको छ।

आफ्नो विवाहमा नपुगेपछि प्रियंकासँग परिणीति दुःखी भएकी हुन्। यद्यपि प्रियंकाले परिणीतिको इन्गेजमेन्टमा भने उपस्थिति जनाएकी थिइन्।

मन्नारा प्रियंकासँग नजिक छिन्। उनी प्रियंकालाई आफ्नो प्रेरणा मान्छिन्। मन्नाराले आफ्नो जन्मदिनमा प्रियंका र निक जोनासलाई निम्तो दिएकी थिइन्। तर, उनले परिणीतिलाई भने बोलाइनन्। 

१८ चैत, २०८०, १४:५१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।