नेपालमा पानी मात्रै हैन घाम पनि प्रशस्त पाइन्छ, सौर्य ऊर्जामा जोड दिऊँ : सांसद सोविता

नेपालमा पानी मात्रै हैन घाम पनि प्रशस्त पाइन्छ, सौर्य ऊर्जामा जोड दिऊँ : सांसद सोविता

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा पानी धेरै रहेको भन्दै जलविद्युतबारे धेरै चर्चा हुने गरे पनि नेपालमा घाम पनि प्रशस्तै पाइने भन्दै सौर्य ऊर्जाबारे बहस अगाडि बढाउनुपर्ने बताएकी छिन्।

प्रतिनिधि सभाको बैठकमा पेरिस घोषणा पत्र सम्बन्धी इन्टरनेशनल सोलार अलाइन्स सम्बन्धी सम्झौता अनुमोदन गर्नेबारे भएको छलफलमा सहभागी हुँदै नेपालका ठुला नदीमा धेरै जलविद्युत गृहको निर्माण गर्दा र्याफ्टिङ व्यवसाय नै सङ्कटमा परेको भन्दै यसमा समेत सरकारले विचार गर्नुपर्ने धारणा राखेकी थिइन्।

नेपालमा पेट्रोलियम पदार्थको अधिक आयात हुने र सो वातावरणका लागि समेत राम्रो नभएको भन्दै सौर्य उर्जामा जानु नेपालको हितमा हुने भएकाले यसलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएकी थिइन्।

उनले नेपालमा जलविद्युतको क्षमता भन्दा सौर्य ऊर्जाको क्षमता सयौँ गुणा बढी रहेकाले तत्काल सौर्य ऊर्जाको उत्पादन र उपयोगमा जोड दिनुपर्ने भन्दै उनले सम्झौता अनुमोदन हुनुपर्ने धारणा राखेकी थिइन्।

चैत १८, २०८० आइतबार १४:३१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।