जिससलाई क्रसमा चडाइएको सम्झनामा इसाई धर्मावलम्बीले मनाए 'ईस्टर सन्डे' (तस्बिरहरू)

जिससलाई क्रसमा चडाइएको सम्झनामा इसाई धर्मावलम्बीले मनाए 'ईस्टर सन्डे' (तस्बिरहरू)
तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौं : इसाई धर्मावलम्बीहरूले आज ईस्टर सन्डे पर्व मनाउँदै छन्।

इसाई धर्मगुरु यशुलाई क्रसमा चढाइएको ३ दिनपछि उनको शरीरमा आत्मा पुनः जागृत भएको भन्ने विश्वासका साथ ईस्टर सन्डे मनाइन्छ।

बाइबलमा उल्लेख भए अनुसार हजारौँ साल पहिला शुक्रबारको दिन यशुको यरुशलमको पहाडमा क्रसमा चढाइएको थियो। त्यसको ३ दिन पछि उनी पुनः जीवित भएका थिए। त्यस दिन आइतबार परेको थियो। 

इस्टर सन्डेलाई यशुको पुनर्जन्म भएको दिनको रूपमा पनि लिने गरिन्छ।

यसरी इस्टर सन्डेमा पुनः जीवित भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समय कालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ।

त्यसैले इसाई धर्मावलम्बीहरूले आजको दिनलाई विशेष दिनका रूपमा मनाउँछन्।

इस्टर पर्वको अवसरमा भृकुटिमण्डपमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। 

१८ चैत, २०८०, १२:११:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।