राप्ती नदीमा २० वटा दुर्लभ घडियाल गोही

राप्ती नदीमा २० वटा दुर्लभ घडियाल गोही

काठमाडौं : बाँकेस्थित राप्ती नदीमा शनिबार २० वटा घडियाल गोही छाडिएको छ।

चलिरहेको भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर पर्यटकीय गतिविधि बढाउने हेतुले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले शनिबार भरतपुर महानगर प्रमुख रेणु दाहालको उपस्थितिमा नदीमा सात वर्षका २० वटा गोही छाडेको हो।

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकबाट २० वटा घडियाललाई प्राकृतिक बासस्थानमा छाडिएको हो।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार शनिबार २० सहित अहिलेसम्म प्रजनन केन्द्रमा हुर्किएका १९ सय १७ वटा गोहीहरूलाई प्राकृतिक बासस्थानमा छाडिएको छ।

तीमध्ये राप्ती नदीमा ११ सय ६२ वटा छाडिएका छन्।

नारायणी नदीमा ४ सय १९ वटा, बबईमा १ सय १०, सप्तकोशीमा १ सय १५, कर्णालीमा ४१, कालिगण्डकीमा ३५, बाँकेस्थित पश्चिम राप्तीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रबाट बग्ने चौधर खोलामा २५ वटा गोही छाडिएको उनले बताए। 

चैत १७, २०८० शनिबार २२:०१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।