काठमाडौंमा हावाहुरीसहित वर्षा, कर्णालीमा चट्याङले लागेर एक बालिकाको मृत्यु

काठमाडौंमा हावाहुरीसहित वर्षा, कर्णालीमा चट्याङले लागेर एक बालिकाको मृत्यु

काठमाडौं : काठमाडौंका केही स्थानहरूमा शनिबार बेलुका वर्षा भएको छ।

काठमाडौंमा मेघगर्जन र हावाहुरीसहित वर्षा अझै एक/दुई घन्टा रहने मौसमविद्हरूले जनाएका छन्।

मौसमविद्हरूका अनुसार अहिले देशका विभिन्न स्थानहरूमा हावाहुरी, चट्याङसहित वर्षा भइरहेको छ। कर्णालीमा भने ठूलो मात्रामा चट्याङसहित असिना पानी परिरहेको छ।

यसैबीच, चट्याङले लागेर एक दैलेखमा एक बालिकाको मृत्यु भएको छ।

चट्याङमा परेर घाइते भैरवी गाउँपालिका ६ की १२ वर्षीय शर्मिला कँडेलको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।

त्यस क्षेत्रमा हावाहुरी र असिना पानीले गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा क्षति पुर्याएको छ। 

चैत १७, २०८० शनिबार २०:४८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।