'अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाए, प्रतिगामीहरूको स्वर्ग अतीतमा हुन्छ'

'अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाए, प्रतिगामीहरूको स्वर्ग अतीतमा हुन्छ'

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले दलहरूले जतासुकै गठबन्धन गरे पनि विकासका साझा मुद्दामा सबै एक ठाउँमा हुनुपर्ने बताएका छन्।

तनहुँको देवघाटमा निर्माण हुने ज्येष्ठ नागरिक भवनको शनिबार शिलान्यास गर्दै उनले लोकतन्त्रवादी तथा समाजवादीले भविष्यलाई स्वर्ग बनाउने बताए।

उनले भने, ‘अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाएका हुन्, प्रतिगामीहरूको स्वर्ग अतीतमा हुन्छ। तर, हामी लोकतन्त्रवादी र समाजवादीहरूको स्वर्ग भविष्यमा छ, हामी भविष्यलाई स्वर्ग बनाउँछौँ।’

विदेश पलायन भएर यहाँ केही नभएको भन्दै कुरा काट्नु पनि अनुचित भएको उनले बताए।

गठबन्धन जो जता भए पनि विकासमा राजनीतिक दलका नेताहरू एक हुनुपर्ने उनको भनाइ छ।

चैत १७, २०८० शनिबार १८:५५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।