आयरल्यान्डले दियो नेपाललाई २२५ रनको विजयी लक्ष्य

आयरल्यान्डले दियो नेपाललाई २२५ रनको विजयी लक्ष्य

काठमाडौं : आयरल्याण्ड वुल्भ्सले  नेपाल ‘ए’ लाई २२५ रनको लक्ष्य दिएको छ।

टी-२० सिरिजको दोस्रो खेलमा टस जितेर नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ६ विकेट गुमाएर २२४ रन बनाएको हो।

आयरल्याण्ड वुल्भ्सका लागि कप्तान नेइल रक ३४ बलमा १ चौका र ७ छक्का प्रहार गर्दै ७१ रन बनाएर नट आउट रहे। फियोन ह्यान्ड पनि १९ रन बनाएर नट आउट रहे।

त्यस्तै पिटर मुरले बिस्फोटक ब्याटिङ गर्दै २६ बलमा ३ चौका र ७ छक्काको मद्दतबाट ६५ रन जोडे।

ओपनर जेम्स मिककोलुमले १३ बलमा ३ चौका र २ छक्का प्रहार गरी २६ रन बनाउँदा ओपनर रोस अदेरले १७ रनको योगदान गरे।

नेपालका लागि सागर ढकालले ३ विकेट तथा कमलसिंह ऐरी र पवन सर्राफले १/१ विकेट लिए। सिरिजको पहिलो खेलमा नेपालले २२३ रनको लक्ष्य पाएकोमा २१ रनले पराजित भएको थियो।

आजको खेल जिते वल्भ्सले सिरिज जित्नेछ। 

चैत १७, २०८० शनिबार १५:०६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।