झापामा सुतिरहेको स्थानमा जंगली हात्तीको आक्रमण, एक महिलाको मृत्यु

झापामा सुतिरहेको स्थानमा जंगली हात्तीको आक्रमण, एक महिलाको मृत्यु
फाइल तस्बिर

झापा : जंगली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ।

कमल गाँउपालिका-५ की ५८ वर्षीया खड्गमाया माबोको गएराती हात्तीको आक्रमणमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सुतिरहेको स्थानमा जंगली हात्ती आएर आक्रमण गर्न शुरू गरेपछि माबो घरबाट निस्किएर भागेकी थिइन्। भाग्दै गरेकी उनलाई हात्तीले लखेटेर आक्रमण गरेको थियो।

शुक्रबार राती ११ बजेको समयमा हात्तीको आक्रमणमा परेकी उनको घटनास्थलमै मृत्यु भएको थियो।

तीन दिनअघि शिवसताक्षी नगरपालिका-११ की ६० वर्षीया पवित्रा भेटुवालको पनि स्थानीय जंगलमा दाउरा खोज्न गएका बेला हात्तीको आक्रमणम मृत्यु भएको थियो।

घटनामा घाइते भएका उनका श्रीमानको उपचार भइरहेको छ।

चैत १७, २०८० शनिबार १०:४८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।