दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने
एजेन्सी : दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्।
त्यहाँ मे २९ मा हुन लागेको निर्वाचनमा उनी उम्मेदवार हुन अयोग्य घोषित भएका हुन्। निर्वाचन आयोगले जुमाको आपराधिक अभिलेखका कारण यस्तो निर्णय गरेको जनाएको छ।
सन् २०१८ मा जुमाको आफ्नै पार्टी अफ्रिकन नेसनल कांग्रेस (एएनसी) ले उनलाई राष्ट्रपति पदबाट राजीनामा दिन आग्रह गरेको थियो। तर, उनले अस्वीकार गरेका थिए।
यसपछि, दक्षिण अफ्रिकाको सर्वोच्च न्यायिक निकायले उनलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा २०२१ मा १५ महिनाको जेल सजाय सुनाएको थियो।
८१ वर्षीय जुमालाई आयोगको निर्णयविरुद्ध अपिल गर्न अप्रिल २ सम्मको समय दिइएको छ। जुमाले आफैं विगतमा अध्यक्ष भएको पार्टी एएनसी विरुद्ध सक्रिय रूपमा अभियान चलाइरहेका छन्।
जुमा दक्षिण अफ्रिकाको चौथो राष्ट्रपति भएका थिए। जुमालाई जुलाई २०२१ मा न्यायिक आयोगमा उपस्थित हुन दिएको अदालतको आदेश अवहेलना गरेकोमा १५ महिनाको जेल सजाय सुनाएको थियो।
चैत १७, २०८० शनिबार ०८:२४:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।