आयरल्यान्ड उल्भ्सले गुमायो तेस्रो विकेट, आरिफ र सागरद्वारा दुई सेट ब्याटर आउट

आयरल्यान्ड उल्भ्सले गुमायो तेस्रो विकेट, आरिफ र सागरद्वारा दुई सेट ब्याटर आउट

काठमाडौं : नेपाल ‘ए’ विरुद्धको पहिलो टी२० क्रिकेटमा आयरल्यान्ड उल्भ्सले तेस्रो विकेट गुमाएको छ।

एघारौं ओभरको अन्तिम बलमा आरिफ शेखले पिटर मोरलाई बोल्डआउट गरेका हुन्। त्यसअघि दशौं ओभरको छैटौं बलमा सागर ढकालले केड क्यारामाइकललाई एलबीडल्बु आउट गरेका थिए।

पिटर ३२ बलमा ४९ रन बनाएर आउट हुँदा केड २९ बलमा ३८ रन बनाएर पेभेलियन फर्किएका हुन्।

पहिलो विकेट भने इनिङको दोस्रो बलमा कमलसिंह ऐरीले लिए। उनले कप्तान निल रकलाई आरिफ शेखको हातबाट क्याचआउट गराए।

नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएपछि आयल्यान्ड उल्भ्स ब्याटिङमा तानिएको हो।

यसअघि भएको नेपालको सिनियर टोलीसँगको दुवै टी२० खेलमा आयरल्यान्ड उल्भ्स पराजित भएको थियो।

चैत १६, २०८० शुक्रबार १३:५७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।