एकैवर्षमा ५ हजार बढी विरोधका घटना : ४ सय बढी प्रहरी र १ हजार बढी प्रदर्शनकारी घाइते

एकैवर्षमा ५ हजार बढी विरोधका घटना : ४ सय बढी प्रहरी र १ हजार बढी प्रदर्शनकारी घाइते

काठमाडौं : पछिल्लो एक वर्षभित्र देशभर ५ हजार बढी बन्द, हड्ताल तथा विरोधका घटनाहरू भएको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीम प्रसाद ढकालले देशभर ५ हजार ८ सय ७६ वटा विरोधका घटनाहरू भएको बताएका हुन्।

उक्त घटनामा १ लाख ४८ हजार ३ सय ७७ जना प्रहरी परिचालन गरिएको थियो भने १ हजार १ सय ६६ सेल ग्याँस गन, ३ सय २४ राउण्ड हवाई फायर र ९७ राउण्ड रबर बुलेटको प्रयोग भएको पनि उनले जानकारी दिएका छन्।

यसका साथै घटनामा प्रहरीतर्फ ४ सय ४४ जना घाईते भएका छन् भने प्रदर्शनकारी १ हजार २ सय ९० पक्राउ, एक सय ९० घाइते भएका छन्। 

घटनामा तीन जनाको मृत्यु भएको विवरण पनि सार्वजनिक गरिएको छ।

१५ चैत, २०८०, २१:२९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।