विदेशबाट आएको सहयोग रकम हिनामिना गरेकी बंगलादेशी पूर्वप्रधानमन्त्रीको जेल सजाय थपियो

एजेन्सी : बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को ६ महिना थप गरेको छ।
कोरोना महामारीको समयमा मानवीय कारण देखाउँदै २०२० मार्चमा अस्थायी प्रयोजनका निम्ति जेलमुक्त भएकी खालेदालाई बंगलादेशको गृह मनत्रालयले बुधबार एक सूचना जारी गर्दै जेल सजाय थपिएको जनाएको हो।
सन् २०२० यता पूर्वप्रधानमन्त्री खालेदाको जेल सजाय थप गरिएको यो छैटौँपटक हो।
मन्त्रालयले थप गरिएको अवधिमा खालेदा जियाले आफ्नो मुलुक छाड्न पाउँदिनन्। मन्त्रालयले खालेदाले बंगलादेशमै स्वास्थ्योपचार गराउनुपर्ने पनि जनाएको छ।
बंगलादेश नेसन्लिस्ट पार्टीका अध्यक्ष समेत रहेकी उनी २०१८ देखि जेलमा छिन्।
बंगलादेशको एक अदालतले उनीमाथि विदेशबाट प्राप्त सहायता रकम हिनामिना गरेको आरोपमा सात वर्षको जेल सजाय तोकेको थियो ।
चैत १५, २०८० बिहीबार १६:२०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।