३ हजार बढी विद्यार्थीलाई वित्तीय साक्षरता दिएर एभरेष्ट बैंकले मनायो ग्लोबल मनी विक
काठमाडौं : एभरेष्ट बैंकले गत चैत ५ गतेदेखि सप्ताव्यापी अभियान अन्तर्गत देशभर वित्तीय साक्षरता कार्यक्रमहरू गरि ग्लोबल मनी विक सम्पन्न गरेको छ।
बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरूमा गरेको वित्तीय साक्षरता कार्यक्रममा झण्डै ३ हजार भन्दा बढी विद्यार्थीहरू सहभागी रहेको थियो।
'प्रोजेक्ट योर मनी, सेक्युर योर फ्युचर' भन्ने नाराका साथ गरिएको उक्त कार्यक्रममा युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइएको बैंकले जनाएको छ।
हालसम्म करिब १३ लाख ग्राहकहरू रहेको यस बैंकमा देशैभरी १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६४ एटिमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ।
बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
चैत १४, २०८० बुधबार २१:४१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।