मिस नेपाल २०२४ को आवेदन खुला, न्यूनतम ५ फिट ३ इन्ज उचाइ हुनुपर्ने

मिस नेपाल २०२४ को आवेदन खुला, न्यूनतम ५ फिट ३ इन्ज उचाइ हुनुपर्ने

काठमाडौं : द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ।

आयोजक ट्रेजरले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ।

मिस नेपाल २०२४ को ग्रान्ड फिनाले साउन १९ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ।

प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित नेपाली युवतीले आवेदन दिन सक्नेछन्। द हिडन ट्रेजरका अनुसार प्रतियोगितामा भाग लिन आवेदनको कुनै पनि शुल्क लाग्ने छैन।

मिस नेपाल प्रतियोगिताका लागि सहभागीहरूको खोजी बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, पोखरा, सुर्खेत र काठमाडौंलगायत विभिन्न सहरमा हुनेछ।

फाइनल अडिसन मे १८, २०२४ मा काठमाडौंमा हुनेछ। जसबाट छानिएका प्रतियोगिहरूले ग्रान्ड फिनालेको तयारीका लागि प्रशिक्षण लिने आयोजकले जनाएको छ।

चैत १४, २०८० बुधबार २०:४९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।