बीवाईडी : ७० लाख ईभी उत्पादन गर्ने विश्वकै पहिलो कम्पनीमा दर्ज
काठमाडौं : विद्युतीय सवारी (ईभी) निर्माता बीवाईडी ७० लाख विद्युतीय कार उत्पादन पार गर्ने पहिलो कम्पनी बनेको छ।
कम्पनीले आफ्नो नयाँ ईभी मोडेल डेन्जा एन७ लाई ७० लाखौँ गाडीका रूपमा सार्वजनिक गरेको छ।
बीवाईडीले सन् २०२१ को मेमा १० लाख ईभी कार उत्पादनको आँकडा पार गरेको थियो। त्यसको १८ महिनापछि तीन गुणा र २७ महिनापछि कम्पनीले ५० लाख ईभी उत्पादन गर्न सफल भएको बताएको थियो।
त्यसको सात महिनापछि बीवाईडीले ७० लाख कार उत्पादन गरेको कम्पनीले जनाएको हो।
सन् २०२३ मा मात्रै कम्पनीले ३० लाख २० हजार गाडी बिक्री गर्दै विश्वकै प्रमुख ईभी निर्माताका रुपमा स्थान बनाएको दाबी गरेको छ।
कम्पनीले ६४ देशमा आफ्ना गाडी बिक्री गरिरहेको बताएको छ।
चैत १४, २०८० बुधबार १८:०५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।