गेटा अस्पतालद्वारा छ पदका लागि २६ जनाको जागिर खुल्यो

गेटा अस्पतालद्वारा छ पदका लागि २६ जनाको जागिर खुल्यो

धनगढी : कैलालीको धनगढीमा रहेको गेटा अस्पतालले करार सेवामा ६ पदका लागि २६ जनाका लागि रोजगारी खोलेको छ।

अस्पतालले स्टाफ नर्स १२ जना, हेल्थ असिस्टेन्ट ४, ल्याब टेक्निसियन ३, फार्मेसी सहायक ३, रेडियोग्राफी सहायक ३ र फिजियोथेरापी सहयाक १ जना गरी २६ जनाका लागि रोजगारीको अवसर खुला गरेको हो।

अस्पतालले इच्छुक उम्मेदवारले सम्बन्धित काउन्सिलमा दर्ता नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपिसहित दरखास्त पेश गर्न भनेको छ।

अस्पतालका लागि शिक्षा मन्त्रालयले भवन हस्तान्तरण गरेसँगै सेवा विस्तार भइरहेको छ। अस्पतालले करारमा जनशक्ति थप गर्दै थप सेवा विस्तार गर्दै अगाडि बढ्न खोजिरहेको छ।

चैत १४, २०८० बुधबार १३:४९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।