बिगबोस १७ का विजेता मुनावर फारुकी पक्राउ

एजेन्सी : सलमान खानको रियालिटी शो बिग बोस १७ का विजेता मुनावर फारुकी पक्राउ परेका छन्।
मुम्बई प्रहरीको सामाजिक सेवा शाखाले गएराति एक हुक्का बारमा छापा मार्दा उनीसहित १४ जना पक्राउ परेको बलिउडलाइफ समाचार लेखेको छ।
प्रहरीले पक्राउ परेका सबैविरुद्ध ‘चुरोट र अन्य सूर्तिजन्य ऐन’ अन्तर्गत मुद्दा दर्ता गरेको छ। तर, मुनवर फारुकी जेलबाट बाहिर छन्।
प्रहरीले उनलाई ४१ ए को सूचना दिई रिहा गरेको छ। यस अवधिमा मुनव्वरसँग केही समय सोधपुछ पनि भएको थियो।
जडीबुटी हुक्काको नाममा सुर्तीजन्य पदार्थको प्रयोग हुने गरेको जानकारी पाएपछि प्रहरीले त्यहाँ छापा मारेको थियो।
यस सम्बन्धमा प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा छापा मारिएको स्थानमा मुनवर फारुकी पनि उपस्थित भएको बताइएको छ।
परीक्षणका क्रममा उनले पनि सूर्तिजन्य पदार्थ सेवन गरेको देखिएको थियो। मुद्दा दर्ता भए पनि उनी जेलबाहिरै रहेर मुद्दा लड्न पाउनेछन्।
चैत १४, २०८० बुधबार ११:३७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।