माओवादी केन्द्रले उप-निर्वाचनमा उम्मेदवारी दिने

माओवादी केन्द्रले उप-निर्वाचनमा उम्मेदवारी दिने

काठमाडौं : माओवादी केन्द्रले आगामी वैशाख १५ गते हुने उप-निर्वाचनमा उम्मेदवारी दिने भएको छ।

बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम-२ र बझाङ-१ (क)मा हुने उप-निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार पार्टीले केही दिनभित्रै उम्मेदवार तयसमेत गर्नेछ। त्यसका लागि तल्ला कमिटीलाई सिफारिस गरेर पठाउन समेत भनिने भएको छ।

संगठनात्मक रूपमा कमजोर देखिएको माओवादीले आफूले उम्मेदवार नउठाइ एमालेको उम्मेदवारलाई समर्थन गर्ने अनुमान गरिएको थियो।

तर, सोचेभन्दा नितान्त फरक निर्णय मा‌ओवादीले गरेको हो।

चैत १४, २०८० बुधबार ११:२१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।