सुनील भन्छन्- ‘कपिलसँगको झगडा पब्लिसिटी स्टन्ट मात्र’

सुनील भन्छन्- ‘कपिलसँगको झगडा पब्लिसिटी स्टन्ट मात्र’

मुम्बई : ओटीटी शो ‘द ग्रेट इण्डियन कपिल शो’को तयारी गरिरहेका अभिनेता तथा कमेडियन सुनील ग्रोवरले कमेडियन कपिल शर्मासँगको झगडा केवल ‘पब्लिसिटी स्टन्ट’मात्र भएको खुलासा गरेका छन्।

मंगलबार सञ्चारमाध्यमसँग कुरा गर्दै ६ वर्षअघि कपिलसँग भएको झगडाले मनोरञ्जन उद्योगमा आँधीबेहरी ल्याएको भन्दै मजाक गरे।

‘त्यतिबेला स्ट्रिमिङ मिडियाहरूले बाटो बनाउँदै थिए। त्यहीकारण कपिल र मैले टेलिभिजन सामग्रीलाई ओटीटीमा हाइप बनाउनका लागि त्यो फण्डा निकालेका थियौं’, उनले भनेका छन्।

उनले अगाडि भने, ‘त्यो समयमा नेट्फ्लिक्स इण्डियामा नयाँ-नयाँ आएको थियो। त्यही भएर हामीलाई लाग्यो कि टेलिभिजनको दर्शकलाई बाँधेर राख्नका लागि केही गर्नुपर्छ।’

त्यही सोच अनुसार कपिलसँग झगडाको पब्लिसिटी स्टन्ट गरेको उनको दाबी छ। यो शो नेट्फ्लिक्समा मार्च ३० मा प्रसारण हुँदैछ।

चैत १४, २०८० बुधबार ०८:३७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।